Monday, August 8, 2011

.....सुदूरपश्चिमका गजलका अभियन्ता रावल र मध्यका प्राञ्जल....



सुदूरपश्चिमका गजलका अभियन्ता रावल र मध्यका प्राञ्जल....

आरजु विष्ट "सल्यानी"

मेची–कालीका श्रष्टाहरु अनि हिमाल, पहाड
तराई, मधेशका श्रष्टाहरुको श्रृजनाले सिंंंचित यो भूमिमा जन्मिरहेका छन् श्रष्टाहरु र कृति जन्माएर पाठक÷श्रोतालाई पढ्न र सुन्ने जिम्मेवारी दिएर उनिहरु जाने गरेका छन् । कर्म गरिरहनेहरु अहिले पनि निरन्तर रुपमा कर्म क्षेत्रमा खटिएर आफ्नो दिमाग श्रृजनाको पाठोमा लगाईरहेका छन् ।

साहित्यको
यहि साईनो र नाता अटुुट भएर रहिरहेकोले भविष्यको सन्ततिको लागि लागि सहज यात्राको फराकिलो बाटो बनिदिएको आभाष हुन्छ । डटिरहेका छन्, कलमलाई तिखारेर अक्षरहरुको शिविर खडा गरीरहेका
छन् र भविश्यको लागि उज्यालो ज्योती चम्काईदिएका छन् । सुदूरपश्चिमको अछाम जिल्लाको कालिका गाविसमा विसं २०११ साल पौष २८ गते जन्मिएका गजलकार ललिजन रावल नेपाली साहित्य र विशेष गजलको प्रवर्धनमा लागेका हस्तिहरु मध्यमा एक हुन । उनि रडियो नेपालमा आवद्धतासंगै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसम्म पुगेका श्रष्टा हुन ।

रावल
एक शसक्त गजलका विश्लेषक, व्याख्याकार र स्वयं उत्कृष्ट गजल लेखक हुन । रावलका केहि गजल रेकर्ड भएका छन् । गजलकार रावलको वर्ष २०४२ सालमा प्रकाशित गजल संग्रह ‘केहि गजलहरु’ हो । यस्तै २०४६ सालमा प्रकाशित ‘बिरानो यो ठाउँमा’, २०५९ सालमा ‘सिरानीमा आँसु’ गजल र कविताको संयुक्त संग्रह प्रकाशित भएको पाईन्छ । रावलको छानिएका गजलहरुको संग्रह ‘एउटा बन्द खाम‘ र वर्ष २०६७ मा बालगजल सं
ग्रह ‘टहटह जून’ प्रकाशित भएको थियो । अन्य प्रकाशित रावलका कृतिमा २०४७ सालमा प्रकाशित ‘समकालिन नेपाली गजल’ तथा प्रतिनिधि नेपाली गजलहरु २०६५ रावलद्धारा सम्पादन गरीएका कृतिहरु हुन ।

यस्तै
२०६४ सालमा गजलकार रावलको ‘एउटा बन्द खाम’ नामक गजल वाचन गरीएको स्वराङ्कित कम्प्याक्ट डिस्क (सिडि) प्रकाशित÷प्रकाशणमा आएको थियो ।
नेपाली गीत÷संगीत तथा गीत÷गजल लेखनमा लागेका केहि सिमित श्रष्टाहरुले आफ्ना रचनाहरुको धून निकाल्ने पनि गरेको पाईन्छ । यस्तो बहुमुखि प्रतिभा जो कमैमा मात्रै पाईन्छ । यस्तै प्रतिभा गजलकार रावलमा हामीले भेट्न सक्छौं कि उनले ‘एउटा बन्द खाम’ बोल उठान भएको गजलमा धून बनाएका थिए । एउटा बन्द खाम.... (गजल) नखोलेरै राखिएको एउटा बन्द खाम थियो भित्र के के थियो कुन्नि बाहिर मेरै नाम थियो । कतावाट उजाडियो मनको सानो फुलवारी भर्खरै त फुलहरुकोे
यहाँ फुल्ने याम थियो । आज किन यहाँ केहि, केहि पनि देखिएन हिजै मात्र सपना खोज्ने आखाँहरुको लाम थियो । सधैं सधैं बग्ने खोली एकै दिन रोकिईदेउ तिम्रो बेगसँग मलाइ अलिकति काम थियो । मनमा दियो विश्वासको नवलेको जीन्दगीमा धेरै धेरै अन्धकार थोरै मात्र घाम थियो । साहित्य लेखनमा तल्लिन गजलकार रावलले श्रृजनाको क्षेत्रमा कलम चलाए बापत् पुरस्कार र सम्मान पनि पाएका छन् । लोकेन्द्र साहित्य पुरस्कार, २०५०, राष्ट्रिय प्रतिभा पुरस्कार, २०५२ जिल्ला विकास समिति अछामद्वारा पुरस्कार, २०५५ तथा गरिमा सम्मान, २०६३ प्राप्त गरेका छन् । ४० को दशकपछि रावलको रेकर्ड भएको एक गजल ‘एउटा परदेशी आई...’ हो, जस्लाई गायक तथा संगीतकार नरेन्द्र प्यासिले संगीत गरेका थिए भने देविका प्रधानले गाएकि छन् । प्यासीले स्वयं प्रत्येक्ष गायनको कार्यक्रममा गाएको भएपनि उनको संगीतमा देविका प्रधानको स्वरमा रहेको छ, जस्लाई उनले २०४६ सालमा संगीत गरेको यो पंक्तिकारलाई बताए । एउटा परदेशी आई..... (गजल) एउटा परदेशी आई सोध्यो मेरो नाउँ तर चाँडै छोडी गयो यो रमाइलो ठाउँ । उसकै छेउ उडी पुग्न मन लाग्छ तर प्वाँख बिना उडी त्यसै कसरी म जाउँ । एउटा चिटठी उसैलाई पठाउनु थियो भनी देऊ जूनतारा कुन हो उसको गाउँ ? जहाँ जहाँ समाउँछु सबै भत्किदिन्छ आफ्नो आधार मानी अब कहाँ नै समाउँ ? सम्झनाको हावा चल्दा आँखा रुन खोज्छ आफ्नो आँखालाई आज के भनी सम्झाउँ । नेपाली गजलको पुर्नजागरण कालखण्डका एक शसक्त गजलकारको रुपमा देखा परेका गजलकारहरुमा दरीने गजलकार ललिजन रावल पनि एक हुन । यिनलाई आधुनिक गजलको राजमार्गलाई फाराकिलो तथा सुगम बनाउने हस्तिको रुपमा पनि लिईने गरीएको छ । रावल गजलका एक सोधकर्ता तथा अनुसन्धाता पनि हु । रावल अग्रगमन, प्रगतिपथ, प्रगतिशिल स्वभाव र लेखन प्रवृत्ति भएका श्रष्टा हुन भने उनका सिर्जनामा माक्र्सवादी चिन्तन र बिचारको आभाष पाईन्छ । गजल लेखनको आरम्भको कालमा नै रावललाई लेखन प्रवृत्ति र कटाक्षको सहायता माक्र्सवादी चिन्तनबाट उत्प्रेरणा मिलेको पाईन्छ भने उनले राजनीतिक, सामाजिक, सांस्कृतिक रुपान्तरण, स्वच्छन्द स्वतन्त्रतालाई प्रतिबिम्वित गर्न खोजेको स्पष्ट हुन्छ । ६० को दशकपछि रावलका गजलमा स्वतः प्राकृतिक रुपमा आउने माया र मोह त पाईन्छ नै समाज परिवर्तनको लागि मानविय संस्कार, सुधारको आकांक्षाको सम्मोहन हुनु स्वाभाविकै हो । उसो त गजलको लागि चाहिने एउटा तत्व श्रृंगारीक पक्ष हो भने उनका गजलमा श्रृंगारीक रुप पनि पाईन्छन् । नेपाली गजल लेखनमा लागेका चार गजलकारहरुका उत्कृष्ट गजल संग्रह मा एक गजलकार ललिजन रावल पनि हुन । उनको सम्पदानमा रहेको संग्रहमा गजलकार मनु ब्राजाकि, रवि प्राञ्जल र वुँद रानाका उत्ृकष्ट गजलहरुलाई समावेस गरीएको छ । नव आगन्तुक गजलकारको मार्गदर्शकको रुपमा पनि गजलकार रावल उत्तिकै सहयोगिको रुपमा रहेका छन् । ठाउँ ठाउँमा हुने गजलसंग सम्वन्धित कार्यक्रममा उनले नव तरुना तन्नेरीलाई गजलको लागि प्रेरणा दिलाईरहेका छन्

प्रेम तथा पीडाका हस्ताक्षर र गजलका अन्वेषक ः प्राञ्जल

नेपाली गजल लेखनमा सुललित शेरहरुको शिविर खडा गरेर गजलको उत्थानमा मार्गदर्शक बनेका तथा सोधखोजमा लागेका अर्का गजलकार र
वि प्राञ्जल हुन । मानिसलाई जन्मसंगै प्रेम र पीडाले पछ्याउन थालेको हुन्छ । त्यो प्रेम कहिले सफलताको शिखरमा पुग्छ र कहिले बाँचुञ्जेलसम्म पीडापोध गराईरहने घाउमा परिणत भईदिएको हुन्छ, यहि परिवेसलाई गजलकार प्राञ्जलले आफ्ना शेरहरुमा समावेस गरेको पाईन्छ । विशेष लगाव प्रेम र पीडाका गजल लेखनमा उनको नाम प्रख्यात पनि छ ।

बिक्षिप्त पीडामा परेकाहरुले उनका गजलबाट आफंैंलाई परेको झैं गरेर उनका गजलबाट सहानुभूति लिने स्थान गजलकार प्राञ्जलले बनाएका छन् । पीडा हुनु, माया अनि सुखानुभूतिको अभाव हुनुको पछि रुपान्तरणको प्रवेशद्वार वा निकासको बाटो उनको गजलबाट प्रस्ट्याउन खोजेको पाईन्छ ।
काठमाडौंको भाटभटेनीमा विसं २०१७, जेष्ठ १० गते जन्मेका रवि प्राञ्जललाई उनका गजलका शेरहरुले नै उचाईमा राख्न सहयोगि भएका हुन । नेपाली साहित्यका यि श्रष्टाले २०४८ मा कृति ‘तारिदेउ न माझी दाई’ प्रकाशनमा ल्याएका थिए भने २०५२ सालमा ‘उही बाढी उही भेल’ प्रकाशित भएको थियो । प्राञ्जलका केहि गजल विभिन्न कलाकारको स्वरबाट स्वराङ्कित भएका छन् । गजलकार प्राञ्जलको चार गजलकारका उत्कृष्ट गजल बाट लिएको गजलमा उनको लेखनमा माथि चर्चा गरे जस्तै उनले मानव प्रेम तथा पीडावोध गर्दै गजल कोरेका छन् । कसैलाई आत्मैदेखि रोजेको भएपनि सहारा जूनको लिंदा उनले माग्न सकेनन् अनि यही पीडाले उनि फेरी पलायन हुन पनि चाहेनन् । एउटा यस्तो अभावलाई सरल तवरले शेरमा भावको संयोजन शुर देखि अन्तिम शेरसम्म उनले पेश गरेका छन् । जूनसंग तिमीलाई... (गजल) जूनसंग तिमीलाई माग्न पनि सकिएन । तिमीदेखि टाढाटाढा भाग्न पनि सकिएन । वारिपारि दुई हामी बीचमा छ ठूलो नदी, हेराहेर भयो खालि, डाक्न पनि सकिएन । यात्रा मेरो जिन्दगीको कहाँ गई बिसाउँ म ? नियति नै भयो यस्तो, थाक्न पनि सकिएन । घामभन्दा पनि टाढा, जूनभन्दा पनि पर, लुकाएर तिमीलाई राख्न पनि सकिएन । मेरा सामु आज कस्ले कोरिदियो सीमा–रेखा ? आँखा चिम्लिएर त्यसलाई नाघ्न पनि सकिएन । जिन्दगीकोा यात्रामा अनेक हण्डर र ठक्कर खानुपर्छ । प्रत्येक व्यक्तिलाई केहि न केहि अफ्ठेरो परेको अवस्य हुन्छ र त्यो अफ्ठेरो अन्य कसैलाई परेको वा जीवनमा मेल खानु स्वाभाविक नै हो । यस्तो परिवेश साहित्यको माध्यमबाट मात्रै सिर्जित र त्यसको निराकरणको उपाए दिन श्रष्टा पछि परेका हुँदैनन् । आफ्नो व्यथालाई सबैसंग साठफेर गर्ने वा सबैलाई मिल्ने खालको वुद्धिको करामत र जुक्ति यिनले दिन सकेको हुनुपर्छ भन्ने लागेको छ, त्यसैले सिर्जना जहिले पनि जिवित हुने गरेका छन् । गाउँ, पाखा, शहर,..... (गजल) गाउँ, पाखा, शहर, गल्लि धेरै पल्ट धाएँ । देउता अझैं भेटिएन, ढुंगा मात्र पाएँ । हत्केलामा रेखा चिरी रगत बगाएर, धेरै पल्ट मैले टीका निधारमा लाएँ । तिमीलाई मात्र हैन, जूनलाई पनि, रुवाउन मैले आफ्नो गजल सुनाएँ । अँध्यारो छ अझैं बाँकी पर क्षितिजमा, मिर्मिरेको घाम बोकी उज्यालिदैँ आएँ । आँखाभित्रै राख मलाई मुटुभित्र बाँध, तिमीसम्म आई पुग्न धेरै चोट खाएँ । जन्मले जहाँको होस् श्रष्टा आखिर सिर्जनाको श्रोत केन्द्र नै हो सबैको लागि । त्यैसैले साहित्यको यो अलौकि भाषाको सम्मोहन र प्रभाव विश्वजनमा परिरहेको छ । साहित्यको फराकिलो राजमार्गमा यात्रारत सबैलाई सलाम......। aarju2008@gmail.com