Tuesday, July 12, 2011

"घरबाट आमाको चिठी आएको छ" प्रकाश सायमी (लेखन समय ः२०५८ साल, पोखरा)




घरबाट आमाको चिठी आएको छ
प्रकाश सायमी (लेखन समय ः२०५८ साल, पोखरा)

मैले सम्झे त्यो मेरो घर ।
जो एक्लो छैन यो मुलुक जस्तै ।
त्यो घर म खूब सम्झिन्छु, घरको कोठा सम्झिन्छु
कोठाका कुना कुना सम्झिन्छु तर बिर्सिन्छु आफैंलाई
आमाको पत्रमा
वज्यैको चर्चा छ
वज्यै एक्लै सुसाईरहन्छिन् र कोठाको शून्यतामा
आफ्ना तस्विरहरु सम्झेर ।
वज्यैको कोठा उज्यालो छ
त्यहाँ एउटा वूढो दराज छ
जहाँ माया ममताका शव्दकोषहरु
पान पाना पल्टिएर बसेका छन्
वूढो दराजमा पुराना कितावहरु छन्
स्वजनहरुका बारेमा लेखिएका,
वज्यैको कोठामा एउटा पुरानो भर्याङ छ
जसले जुगौं पुरानो सम्झना र संगत बोकेको छ
म सम्झिन्छु त्यो धुन र भुल्छु मायाको वालापनमा
आमाको कोठामा एउटा ठूलो कुर्सि छ
शक्ति र शासनको षडयन्त्रबाट मुक्त ।
यसमा बस्न आमालाई मात्र सुहाउँछ
एउटा झगडालु ऐना पनि छ भित्तामा
हाम्रो अनुहारलाई जिस्काई रहन्छ
हामी विरोध गथ्यौं यो ऐनाको
र ऐना पनि हाम्रै प्रतिवाद गर्छ
यो ऐना हामी भन्दा पहिल्यै
आमासंग भएको यो घरको प्रमाण छ ।
हामी घर स्वीकाछौं यो ऐनको अगाडि ।
सुनेको छु,
आमा पनि एक्लो हुँदा
यही ऐना अगाडि हारजितको खेल चल्थ्यो रे
यही घरमा यौटा मटान छ
जहाँ एउटा आयाहिन सन्दुक छ
त्यहाँ अनेक सम्झनाहरु छन् पूर्वजका
यसलाई वषौं देखि बोक्दै आएका छन्
हाम्रा खलकले,
त्यो घरमा एउटा बुँईगल छ, बुँईगलमा त्यहाँ
पुरानो घरको अखबार जस्तै छ
बिहानको खबर बोकि ल्याउँछ
र हामी बिउँझन्छौ
झ्याल पनि छ, जहाँ कविताका अक्षरहरु
घामको भाषा पस्ने गर्छ र हाम्रो गीतलाई
सस्वरता दिन्छ
उडिरहेको आकासको पाना
हाम्रो छानामा आएर गीत भन्छ
म सम्झिन्छु हाम्रो घरमा पिंढि छ
जहाँ शक्ति र सहमतिका वैठक हुन्छन्
जसरी त्यो पिंढीलाई म सम्झिन्छु
त्यसरी अरु पनि सम्झिदैं होलान्, यो मेरो सम्झना छ
म बिर्सिन सक्दिन त्यो पिढीको सहन भूमि
त्यो भरेङको अहोरात्र ओहोर दोहोर
त्यो कोठाको ग्रुप फोटो
यहाँ सबथोक छ, र म पनि सम्झिन्छु
त्यो मेरो घर ।

"घरबाट आमाको चिठी आएको छ" प्रकाश सायमी (लेखन समय ः२०५८ साल, पोखरा)

१० वर्षपछि कविता फेला पर्यो ????? ("इतिहास " -लेखन साल–२०५८ पोखरा)




"इतिहास"

(लेखन साल–२०५८ पोखरा)

म एउटा जङ्गलको कविता लेख्दैछु

मेरो अगाडि एउटा घनघोर जङ्गल छ

कवितामा सबको कथा छ

धर्मको निम्ति दिनरात लड्ने

धार्मिक मुल्लाहहरु जस्तै अनुहार भएका

कुकूर विरालोको झगडा छ

कवितामा मान्छेहरु जस्तै देखिने

कमजोर लाग्ने निरीह पंछीको चिरविर छ

राजनीतिक प्राणी जस्तै रङ्ग बदलिरहने

ब्वाँसाहरुको जीवनशैलीमा

छ्यापछयप्ति छ मेरो कविातामा

म सोचिरहेछु यो कवितामा कस्तो चित्र

छुटेको छ

चुनाउ नै नजिति राजा हुन सक्ने

अरु माथि शक्ति थोपर्न सक्ने

‘सिंह’राज को गर्जन पनि छ,

कवितामा अवला जस्तै लाग्ने

कैयन दुर्वल गाई वस्तुको पनि चर्चा छ

जो आफ्नो शरीरको अन्तिम सास

छउञ्जेल अरुलाई दूध पियाई रहने

आमा जस्तै लाग्छ,

कवितामा जङ्गलको प्रशस्त चर्चा छ

कवितामा जङ्गल र हरियाली छ धर्म÷पाप,

अन्याय–अत्याचार, एकांकि जीवन देखि

सहअस्तित्वको बयान छ

जङ्गलको कविता पढ्दै गर्दा मेरो एक

पाठकले मलाई सोधे

कवितामा सबथोक छ÷तपाँईको चर्चा खै ?

म अल्मलिन्छु र खोज्छु आफुलाई

आफ्ने कवितामा ।

जङ्गलको यो कवितामा म पनि छु

प्रि पाठक ! म पनि छु

कतै बाघको अहंमा अलिकति छु

कतै कुकूरको भुकाईमा अलिकति छु

गाई–बाख्रा, गोरु–गधामा सबैतिर छु ।

तर, तपाँईले पो मलाई

पढ्नु भएन त

वा पढेर पनि चिन्नु भएन

म छु, प्रिय पाठक ! म यो कवितामा

बारम्वार पुर्नजिवित भएको छु ।

म यो कविताको एक हिस्सा हैन

उक अतित हुँ ।

मलाई बिर्सि पो सके !