

सोमत, रमेशध्वज, रमेश, विम्वकवि, प्राज्ञ र नूतन कृति ‘चोक र तमसुक’.....
आरजु विष्ट “सल्यानी”
’चोक र तमसुक‘ (काव्य) २०६७ को प्रकरण पाँचमा पंक्ति संख्या २० मा दृष्टि लगाउँदा पंक्तिहरु छन् ः
सत्तामुस्कानका घामहरु पिउन
भाइहरु–दाजुहरुका निमित्त
भोकाएको अजिंगर भए
बाबु–छोरा
काका–भतिजा
नाता–नाताबिच
अजिंगरै–अजिंगरको भयावह तिर्खाको
वृक्षारोपण भएको छ मनमा,
कसैलाई
सम्झने फुर्सद छैन प्रेम÷शान्ति÷बुद्ध
एउटा भोको तरबारले
अनन्त भोकहरु
महामारी भोकहरु, जन्माईरहेका बेला
चोकमा छायाँ खसेको छ
रगत संग–संगै....(बाँकि छन् पंक्तिहरु)
साहित्य, कला र संस्कृति, संगीत, शिक्षा तथा प्राकृतिक छटाहरुको उर्वर भूमि पोखरामा प्रतिभा र प्रतिभावान व्यक्तित्वको कमि छैन, सिर्जनाको शिविर खडा गरेर अक्षर अनि विम्वहरुको सिर्जनात्मक प्रवर्धनमा लाग्नेको अभाव छैन । तर साहित्यमा बिम्वहरुको एकल रुपमा साम्राज्य खडा गर्न सफल भएकाहरु भने औंलामा गन्न सकिने छन् ।
सिर्जनशिल मान्छेहरुको लहरमा भेटिने, सिर्जनामै शव्द शिविर खडा गरेर जीवनसंघर्षको कथा खोज्ने, विम्वहरुलाई कतै ऐना, कतै प्रतिकात्मक चेतनाभाव दर्शाउने एउटा कविको लगातारको कलम जोताई सानोतिनो कर्म मानिदैंन । कवितामा चेतना, कवितामा विद्रोह, कविताबाट जागरण र सामाजिक बस्तुस्थितिलाई चित्रण गर्ने बर्कत भएका ति कवि जस्को पछिल्लो कृति “चोक र मिसुक” (काव्य) २०६७ एकाबिहानै कास्की आवाजको समिपैमा आयो ।
कवि हुन बिम्वकवि, प्राज्ञ रमेश श्रेष्ठ । यि जस्ता छन्, सिर्जना उस्तै छन् । ऐना हुन, ऐनामा हेर्दा आवरण देखिन्छ, नबुझे नसम्झिए कुरुप लाग्ला तर सहि सम्झिए, बुझे अति सुन्दर उनै कवि हुन तपाँईले जस्तो देख्नुहुन्छ ऐना जस्तो कवि त्यस्तै छन् । पत्थर प्रहार गरे ऐना टुक्रिएला, प्रहार नगरे तपाईको आवरण दुरुस्तै देखाउने उनै विम्व साम्राज्यका पनि विम्वकवि हुन रमेश ।
कविलाई कसैले त्यो कवित्वभित्र कुरुप देखुन् केहि छैन, बिम्वलाई बहुअर्थ लगाउन सकिन्छ र लगाउने गरी कविको कवित्व अनि क्षमता प्रदर्शन पनि त्यहिनिर हुन्छ । केहि छैन जस्ले जसरी बुझ्दा पनि हुन्छ तर सिर्जनाका हरेक पक्षमा एउटा कवि भयंकर कुरुप, अव्यवहारीक, उस्को चेतना भण्डार, जागरणको सागरलाई कम आँक्नु स्वयंकवि माथिको अन्याय त हुँदै हो वढि समग्र वाङमयमाथि नै घात हुन्छ ।
कविको बहुप्रतिभा शव्द र भाव दृश्य इंगित हुनाले पनि स्वाभाविक हो मैले हिमाल भनेकोलाई तपाँईले पहाड भन्न सक्नुहुन्छ । किनकी पहाडकै टाकुरा र काखमा हिउँ जमेकोले हिमाल भने पनि भयो वा पहाड भने पनि भयो तर पहाड र हिमाललाई पहिचान हुनेगरी त्यहि हो भनेर चिनाउनु पनि पर्छ ।
कवि चित्रकार पनि भएकोले रंगहरु र कुचि चलाउँदै गर्दा चित्रको गर्भादान, जन्म अनि चित्रसंगै कविता फुर्नु, फुराउनु श्रष्टामा भएको सृजनाको बहुआयामिक रुपले गर्दा हो तर कतिले विम्वहरुलाई सुख्खा पहाड, बुझाईमा कंक्रिट सम्झनु केवल दुःखद वा संकिर्ण बुझाईको पराकाष्टा बाहेक अरु हुन्न होला । त्यसैले त विम्वहरुका कवि भए रमेश श्रेष्ठ नत्र सबैजना विम्वहरुका नायक हुन्थे होलान् नि तर भएनन् पनि ।
श्रष्टालाई पारीवारीक, सामाजिक परीवेसले पनि कहाँ पुर्याउने भन्ने अर्थ राख्दछ । यि कविले आफ्नो कठिन वाल्यकाला र त्यसबाट अवलम्वन गरेको आँट, विश्वास, स्वाभिमान र जुझारुपनले यहाँसम्म ल्याउन शक्ति दिएको मान्नुपर्छ । यदि कविमा त्यो हुन्थेन भने र गणेश कुमारी जस्ति सतिसाल हजुरआमाले ढाडस नदिएको भए नेपाली साहित्यले अहिले प्राज्ञ पनि भन्थेन ।
दुःखद जिवनलाई सुखको पहाडमा परीणत गर्न सक्ने थोरै हुन्छन् । साहित्य, संगीत, नृत्य, नाटक, फुटवल आदीका प्रिय पात्र हुनुले कविले अहिले समाजमा स्थान उचो बनाएका छन् । कवि प्राकृतिक पोखरामा बस्न चाहने प्रकृतिका पूजारीहरु मध्यका एक हुन । सौभाग्य त्यहि पनि भईदियो कि उनि अन्नपूर्ण संरक्षण् क्षेत्र आयोजनामा आवद्धता जनाएर काम गरीरहेका छन् । गीत रचनामा देखिएको भएपनि कवि श्रेष्ठको लगनशिलता र पहिचान विम्वात्मक कविता नै प्रमुख हो । र मुक्तकको शहर पोखरामा कवि श्रेष्ठ मुक्तक रचनाबाट अछुतो छैनन् ।
यस्तो लाग्छ, मान्छेभित्र आत्म संवाद हुन्छ र कवि एक आत्म संवादकर्ता हुन । स्वयंमा उनि संवाद गर्छन्, हरपल आत्म संवाद, स्वयं बहस र स्वसंवादमा रहने कविमा भएको गुणले उनलाई सिर्जनाको शिखरमा पुर्याउने भर्याङ भएको मान्नुपर्छ । विम्वहरुको विवेकद्धारा शिविर खडा गरेर त्यो शिविरमा जम्मा भएका कविता र सिर्जनाको ढाँचा तयार पार्ने सिल्पी र शैली उनमा बृहद छ ।
सृजनाकारमा हुनुपर्ने दुवै गुण कविमा पनि भेटिएको छ । समाजमा व्याप्त राजनीतिक अराजकताको पराकाष्टा वा नेपथ्यका मुक÷अमुक मुर्कट्टा झैं लाग्ने मान्छेका हर्कतहरु सबलाई देख्न सक्ने क्षमतालाई कविले अंगालेका पाईन्छ । राजनीतिकवाद कविमा देखिनु एउटा पक्ष हो भने त्यसले उनलाई सिर्जनामा वढि संवेदनशिल र उर्जा दिएकोले होला कहिलेकाँहि कठोर पहाड शव्दहरुको बनाउने गरेको र अन्तहिन राजनीतिलाई स्थिरताको राजमार्गमा साहित्यको पाटोबाट सघाई रहेको आभाष हुन्छ ।
रंग मार्फत कविले देशको मुहार कस्तो भनेर चित्र कोरेका छन् भने चित्रबाटै देश कस्तो अनि देशवासि कस्ता भनेर कविता कोरेका छन् । कविमा भएको श्रृंगारिक पक्ष, माया, सद्भावना, मानवता, प्रकृतिप्रेम, निसारता, संघर्ष, आशा र भरोसा आदी गुण नै वास्तवमा कविलाई विम्वकवि र प्राज्ञको पहुँचसम्म पुर्याउने सेतु हुन ।
पोखरा बगर निवासि कवि श्रेष्ठका प्रकाशति कृतिहरुमा ः
१.नपोतिएका रंगहरु (गीत संग्रह) २०५२
२.चराहरुको पहाड (कविता संग्रह) २०५५
३.आमा नदीहरु (कविता संग्रह) २०५७
४.वुद्ध बिम्व अक्षर (कविता संग्रह) २०५८
५.क्ष्ल तजभ ल्बmभ या द्यगममजब (कविता संग्रह) २०५८
६.घाँस उखेलिरहेकि केटी (कविता संग्रह) २०६०
७.रोदी रोएको देशमा (काव्य) २०६२
८.कविता र साँझ (नेपाली कविताको श्रव्यदृश्य) २०६४
९.अक्षरहरुको खेत (कविता संग्रह) २०६५
१०. चोक र तमसुक (काव्य) २०६७
बाबा गोपालध्वज तथा आमा चन्द्रकुमारी श्रेष्ठका जेठा छोरा हुन विम्वकवि श्रेष्ठ । कविको न्वारानको नाम सोमत हो भने बाल्यकालबाट लेखिदैं आएको नाम रमेश श्रेष्ठ अघि को रमेशध्वज श्रेष्ठ हो । उनका दुई भाई गौतम र प्रितम रहेका छन् भने बहिनी किरण र शुसिला हुन । छोराछोरी आदीम र अक्षतासंगै दिनहुँ सृजनाका शिविर खडा गरीरहेका विम्वकवि सोमतलाई सृजनामा जाँगरीलो बनाउन जीवन साथी सृजनाले हरबखत साथ दिएकि छन् ।
कविको पछिल्लो कृति ‘चोक र तमसुक’ (काव्य) २०६७ लाई सरसर्ति नियाल्दा बुझ्न पाठकले अझैं बडो मेहनत गर्नुपर्छ । बहुअर्थि र कटाक्ष स्वरुपका बिम्बहरुका पहाडले उच्च ओहोदा बनाएको भान पर्छ । सबैलाई परम्परागत हेर्ने, पन्नाहरु पल्टाउने र पढ्ने बानि भन्दा प्रकरण चौंध को पुछारका पंक्तिमा आँखा लागे, जहाँ पंक्तिहरु छन् ः..
तमसुकको
कहाली लाग्दो भीरबाट
हामफालिन् मखमली
हाम फाल्नुको
कालो वृत्त तोडेरै हामफालिन् मखमली,
बिहानीको निमन्त्रणामा
अध्याँरोविरुद्ध गहिराईमा
उज्यालो हाम फालेझैं
हामफालिन् मखमलि ।
कविले जहिले पनि जे समाजलाई चाहिएको छ, त्यो हुन नदिनेहरुको विरुद्धको विद्रोह काव्य कृतिबाट गरेका हुन्छन् । कवि श्रेष्ठका कवितामा पाईएको श्रेष्ठता पनि यहि हो । व्याप्त थिचोमिचोलाई मानौं मुठ्ठिभरका मान्छेहरुले आफ्नो पेवा र विधि नै बनाएका छन् कि आफु बाहेक सबै कोहि होईन् र गरीब हुन । तमसुक जालि फटाहाहरुले ठगि खाने परिपञ्च रच्ने एउटा लिखत हो, जो ठगहरुले गरीबमाथि शोषण गर्दा भविष्य बचाउको लागि कानूनी हैसियत पाउन पहिले नै जालसाजि रचेका हुन्छन् । यो अहिले पनि हाम्रो समाजमा व्याप्त छ, हो त्यसैमाथिको प्रहार हो कविको कि कवि भन्छन् ः
तमसुकको
कहाली लाग्दो भीरबाट
हामफालिन् मखमली..........
समाजप्रति कविले दिन खोजेको सन्देश यहाँ कायमै रहेको ठगि परम्पराको अन्त्य नै हो । सामन्तहरुले गरीबलाई गरेको शोषण, उत्पिडनको विरुद्ध त्यो नाजायज र नालायक घृणित कार्यको विरुद्ध बाँचेको छु भन्ठान्नेहरुलाई होशियारी गरेको मान्नुपर्छ । चोक र तमसुक (काव्य) २०६७ मा १४ वटा प्रकरण रहेकामा अन्तिम तथा पेज ८४ मा ९ पंक्तिको कवितामा माथि उधृत गरेको कविता हो ।
अध्याँरो खतराको संकेत हो । उज्यालो कै लागि अधिक कर्म हुन्छन् । यहाँ अध्याँरोमा बसेर जालझेलका योजना बनाउँछन् भने अध्याँरो शुभ कर्मको साईत होईन भन्ने बुझ्नुपर्छ । अध्याँरोमा निरंशुकताको जन्म, अध्याँरोमा चोर, डाँकाको सक्रियता, व्यभिचारीहरुका हर्कत नै वढि हुने गर्छन् भने त्यो शुभ सूचक हुन सक्दैन । त्यसैले गरीबले जालिले दस्तखत गराएको तमसुक र तिर्न नसकेको ऋणको भारको कारण बाँचेकामा चेतनाको प्रतिकात्मक विद्रोह होस् भन्नु परेको हो । चोक चोकमा काका भतिजा, दाईभाई, नातागोता, आफन्त आफन्त आफ्नैबिच रगतको उत्सव भईरहेको बेलामा कोहि राजनीतिको शिखरमा चढ्दै गर्दा भीरबाट जिवनलिला समाप्त गर्छन् “बिचारा मखमलीहरु.............
चोकमा
खसिरन्छ घाम
बोली खसेझै
पन्छाउँदै धमिला आँखाहरु
खरिहन्छन घाम
खस्नुको पैतलाको छापजस्तै
तस्वीर खसेझैं,
सन्धिका
असमान यातना र
मस्तिष्क खसेझैं
खसिरहन्छ घाम
धरतीवासीका लागि
खस्नुको अवतार खसेझैं,
सपनाहरु
अल्झने र सुकाउने
जालीझैं पातलो
प्रतिष्पर्धाका ओठ हराएका क्षणहरुमा
थुप्रिरहन्छन् चोकको अनुहारभरि
आँखाहरुको जुलुस
मनहरुको जंगल
गहिराईहरुमा काटिएर घिस्रिरहेको
समूद्रको खुट्टा,
घाम खसेर चोकमा
तिर्खा भाँचिएको बैंसझैं
उराठ पसारिएर
तातिरहन्छन् छपनीहरु,
चन्द्रमाले रुझाएका शीतका प्यासहरु
सुकाउँदै
उर्लने आँतहरुका उलारहरु सुकाउँदै
खासिरहन्छ घाम
चोकमा
चोकमा भूगोलजस्तै छातीहरुमा,
प्रिय हुन प्रदर्शनीका गल्लीहरु हिँडेर
चोकहरुका सूर्य अभिषेक
आदिम आँखाहरुबाट
पिएर पुराना निद्राहरु
निदमैे
जन्मिरहेका छन्.......
........बाँकि पंक्ति अरु छन्.......
हाल जीवन साथी सृजनाको सिर्जनात्मक सहयोग, साथ तथा यहाँसम्म ल्याउन पूर्वाद्धका कठिन दिनहरुमा ‘अजि’ गणेश कुमारी श्रेष्ठ (हजुरआमा) लाई जो कसैले भूल्न सक्दैनन् । उहाँको हेरचाह र संरक्षण्मा सिर्जनाको शिखर आरोहण गरेका कवि सोमतले सिर्जनाको टाकुराबाट सुन्दर संसारलाई बिगार्नेहरुप्रति औंला उठाईरहेका छन् र प्रश्न गरीरहेका छन् कि समाजमा अझैं कहिलेसम्म मखमलिहरुले जालि तमसुकको कारण भीरबाट अध्याँरो विरुद्ध हाम फालिरहने ? वर्णन गर्न नसकिने पिडाको खालबाट अरुलाई ज्ञान, सिर्जनाको आँचलमा गोलवद्ध पार्न र अक्षर बिम्वहरुको गोलाद्र्धमा एउटै लस्कर बनाउन तल्लिन भईरहेका छन् कवि ।
२०५१ सालमा जम्मा ५ महिनाको गहिरो प्रेमलाई असोज महिनाको आधातिर वैवाहिक जीवनमा परीणत गरी आफुले कहिलेकाँहि दुईचार हरफ कविता कोर्ने गरेको भएपनि रमेशको लेखनमा स्फुर्ति जगाउन संयोजनकारी भूमिका निर्वाह गरीरहेको जीवन संगिनी सृजनाको भनाई छ ।
आदिम शव्दले अर्थ बोके झैं पहिलो सन्तान, आदिम छोरा हुन । आदिमले अहिले एसएलसि दिएर बसेका छन् भने छोरी अक्षता कक्षा ६ मा अध्ययन गर्दैछिन् । आदिम र अक्षतामा कवि बुबा रमेशको गुण भेटाउन सकिन्छ कि उनिहरु दुवैले विद्यालयमा आयोजना हुने चित्रकला, कविता प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । सतत् सलाम सोमत, रमेशध्वज, रमेश, विम्वकवि, प्राज्ञ र नयाँ कृति ‘चोक र तमसुक’ (काव्य) २०६७ का श्रष्टालाई । aarju2008@gmail.com